यस्तो छ करीना कपूरको फिटनेस सीक्रेट
एजेन्सी – बलिउड अभिनेत्री करीना कपूर खान फिटनेसको कारण चर्चामा आउँछिन्। उनले आफ्नो फिटनेसमा निकै ध्यान दिने गरेकी छन् । गर्भवती हुदाँ करीनाको वजन निकै बढेको थियो । तैमूर जन्मेपछि करीनाले छोटो समयमै परफेक्ट फिगर हासिल गरेकी थिइन् । उनको फिटनेसले सबैलाई चकित पारेको थियो ।
हालै करीनाले आफ्नो प्रशंसकको लागि आफ्नो फिटनेस सीक्रेट बताएकी छन् । उनले भनिन्, ‘फिटनेस भन्ने बित्तिकै सबै जिम जान तयार हुन्छन् । तर वर्कआटकसँगै जीवन प्रति सकारात्मक सोच, राम्रो खाना र स्वस्थ रहनुपर्छ ।’
करीनाले आफ्नो डाइट प्लान बताउदै भनिन्, ‘म दिनको सुरुवात तातो पानीमा कागती हालेर पिएर गर्छु । त्यसपछि खाजामा भारतिय परिकार पोहा अथवा उपमा लिन्छु । म सकेसम्म जंग फूडबाट टाढा बस्छु । म घरमै बनेको खाना दिउसो र राती खान्छु । म रातको खाना ८ बजे भन्दा अगाडी नै खान मनपराउछु ।’
करीनाको पछिल्लो समय फिल्म ‘गुड न्यूज’ रिलिज भएको थियो । यो फिल्मबाट करीनाले निकै तारिफ बटुलेकी थिइन् ।