कोरोनाको डरले दीपिकाले रद्ध गरिन् ‘पेरिस फेसन विक’
एजेन्सी – बलिउड अभिनेत्री दीपिका पादुकोण यस वर्ष ‘पेरिस फेसन विक’मा सहभागी नहुने भएकी छिन् । उनलाई लक्जरी फेशन ब्रान्ड ‘लुई वितों’ले फेसन विकमा सामेल हुन निमन्त्रण गरेको थियो । तर, हाल विश्वभर फैलिरहेको कोरोना भाइरसको खतरा हेर्दै उनले पेरिस जाने योजना रद्द गरेकी छन् । २४ फेबुअरीदेखि फ्रान्सको राजधानीमा सुरु भएको यो कार्यक्रम मार्च ३ सम्म चल्नेछ ।
यसबारे जानकारी दिँदै दीपिकाको अधिकारिक प्रवक्ताले भने, ‘दीपिका पादुकोण फ्रान्समा चलिरहेको पेरिस फेशन विकको क्रममा लुई पितोंको एफडब्ल्यू २०२० शोमा भाग लिन त्यहाँ जाने योजनामा थिइन् तर फ्रान्समा कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै उहाँले आफ्नो यात्रा रद्ध गरेकी छिन् ।’
दीपिका नयाँ फिल्म ‘८३’ मा देखिदैछिन् । जसमा उनी कपिल देवकी श्रीमती रोमी देवको भूमिका निभाउदै छन् ।