विद्या बालनको नयाँ फिल्म ‘शेरनी’को छायांकन सुरु
एजेन्सी – बलिउड अभिनेत्री विद्या बालन नयाँ फिल्मको तयारीमा छिन् । उनले ‘वर्ल्ड बाइल्ड लाइफ डे’को अवसर पारेर नयाँ फिल्म ‘शेरनी’को शुभमुहुर्त गरेकी हुन् । उनले इन्स्टाग्राममा पूजा सामग्रीको तस्बिर पोष्ट गर्दै नयाँ फिल्मको सुटिङको सुरुवात भएको जानकारी दिएकी छन् ।
उनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘मैले सबैको आशिर्वाद पाएको छु । वलर््ड वाइल्ड लाइफ डेको अवसरमा शेरनीको सुटिङ सुरु गरेको छु । यो फिल्मको जंगलको बीचमा एक प्राचीन मन्दिरमा मुहूर्त गरिएको हो ।’ भारतीय मिडिया अनुसार विद्याको यो फिल्म वर्ल्ड वाइल्ड लाइफमा आधारित छ ।
२०१८ मा अवनि नामकी शेरनी ‘बाघ’को विवादास्पद हत्या भएको थियो । उक्त शेरनीलाई एक शुटरले गोली हानेका थिए । अवनिले महाराष्ट्रमा १३ जनालाई मारेकी थिइन् । त्यसैले फरेस्ट डिपार्टमेन्टको आधिकारिक निर्देशनमा खुंखार शेरनीलाई मारिएको थियो । यो फिल्ममा वन्यजन्तु र मानिसबीचको टकरावलाई देख्न सकिन्छ ।
विद्या बालनले पछिल्लो समय ‘मिशन मंगल’मा अभिनय गरेकी थिइन् ।