कोरोनाका कारण सलमानले ‘राधे’को थाइल्याण्डमा सुटिङ रद्ध गरे
एजेन्सी – बलिउड अभिनेता सलमान खानले आफ्नो फिल्म ‘राधेः मोस्ट वान्डेड’को थाइल्याण्ड सुटिङ रद्ध गरेका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण फिल्मको सुटिङ रोकिएको हो ।
भारतिय मिडियाको अनुसार, सलमान खानको फिल्म राधेको थाइल्याण्डमा छायांकन गर्नु पर्ने थियो । तर कोरोना भाइरसको कारण सलमान र फिल्म टिम विदेशमा फिल्मको सुटिङ गरेर रिक्स लिन चादैनन् । अब, थाइल्याण्डमा सुट हुने सीक्वेन्सको सुटिङ मुम्बईमा हुनेछ । केही समय अगाडी सलमानले सामाजिक सञ्जालमा कोरोना भाइरसबाट बच्ने टिप्स दिएका थिए ।
प्रभुदेवाले निर्देशन गरिरहेको फिल्ममा सलमानसँगै दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्राफ र गौतम गुलाटीको मुख्य भुमिका छ । यो फिल्म ईदमा रिलिज हुनेछ ।