करीनाले इन्स्टाग्राममा गरिन् डेब्यु, २४ घन्टामै ६ लाख फलोअर्स
एजेन्सी – बलिउड अभिनेत्री करीना कपुर खानले इन्स्टाग्राममा डेब्यू गरेकी छन् । यस अगाडी उनका फ्यानले इन्स्टा अकाउन्ट बनाएका थिए । उक्त अकाउन्टमा ६/ ७ मिलियन फलोअर्स छन् । हालै करीनाले अफिशियल इन्स्टाग्राम अकाउन्ट खोलेकी छन् ।
उनले प्रोफाइलमा आफ्नो बच्चाको फोटो राखेकी छिन् । उनले एक फाटो पोस्ट गर्दै, ‘बिराली झोलाबाट बाहिर आइन्’भनेर लेखेकी छन् । साथै उनले ह्याज ट्यागमा हैलो इन्स्टाग्राम लेखेकी छन् । उनको इन्स्टाग्राममा २४ घन्टा नबित्दै ६ लाख भन्दा बढि फलोअर्स भएका छन् । तर उनले कसैलाई फलो गरेकी छैनन् ।
उनले इन्स्टा खोल्नुको कारण बताउदै भनिन्, ‘मेरो फ्यान क्लबमा ६ ७ मिलियन फलोअर्स छन् । मलाई फोटो सेयर गर्ने बानी छैन । तर मलाई सयम अनुसार चल्नुपर्छ भन्ने लाग्छ । मेरो अफिशियल अकाउन्टमा मेरो काम र फिल्मको अपडेट हुन्छ । तर केहि पर्सनल हुँदैन ।’
करिनाको यहि मार्च १३ मा फिल्म ‘अंग्रेजी मीडियम’ रिलिज हुँदैछ । त्यस्तै, उनी करण जोहरको मल्टीस्टारर फिल्म ‘तख्त’ र आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा देखिदैछन् ।