टाइगरको ‘बागी ३’ बन्यो वर्षकै ठूलो ओपनर
एजेन्सी – बलिउड अभिनेता टाइगर श्राफ र श्रद्धा कपूर स्टारर फिल्म ‘बागी ३’ शुक्रबार देखि प्रदर्शनमा आएको छ । यो फिल्मले बक्सअफिसमा राम्रो ओपनिङ गरेको छ । कोरोना भाइरसको त्रास हुदाँ पनि फिल्म १७ करोड ५० लाखमा ओपनिङ गरेको छ ।
भारतिय ट्रेन्ड एर्नालिस्ट तरण आदर्शको अनुसार, यो फिल्म वर्षकै सबैभन्दा ठूलो ओपनिङ बनेको छ । यो वर्षको फिल्मको ओपनिङ हेर्ने हो भने अजय देवगनको ‘तान्हाजी’ ले १५ करोड १० लाख, ‘लभ आज कल’ ले १२ करोड ४० लाख, ‘स्ट्रीट डान्सर थ्री डी’ ले १० करोड २६ लाख र ‘शुभ मंगल ज्यादा सावधान’ ले ९ करोड ५५ लाख कलेक्सन गरेको थियो । यो फिल्ममा दर्शकले टाइगर श्राफको एक्सन बढी रुचाएका छन् ।
अहमद खानले निर्देशन गरेको फिल्ममा टाइगर र श्रद्धासँगै रितेश देशमुख, अंकिता लोखण्डे, आशुतोष राणा, सतीश कौशकि, चंकी पाण्डे, नोरा फतेही लगायत कलाकारको अभिनय छ ।