हलिउड अभिनेता टम ह्याङस् र उनकी पत्नीलाई कोरोना संक्रमण
एजेन्सी – हलिउडका चर्चित अभिनेता टम ह्याङस् र उनकी पत्नी रिटा विल्सनलाई कोरोना भाइरस संक्रमण भएको छ । टमका अनुसार अस्ट्रेलियामा सुटिङको दौरान उनलाई यो भाइरस लगेको हो । उनले इन्स्टाग्राम मार्फत कोरोना लागेका बताएका हुन् ।
आजभोलि अष्ट्रेलियाको यात्रामा रहेका ह्याङसले एक ट्विट गर्दै लेखेका छन्, ‘म र रिटा अष्ट्रेलियामा छौँ । हामी थाकेको महसुस गर्दै थियौँ । चिसो थियो र शरीर दुखेको थियो । रिटालाई हल्का ज्वरो पनि थियो । हामीले कोरोना भाइरसको टेस्ट गरायौँ र हामी नतिजा पोजिटिभ आयो ।’
ह्याङस् पत्नीसँग गत जनवरी २६ मा अस्ट्रेलियाको गोल्ड क्वेस्ट गएका थिए । उनी एल्भिस पर्सलको जीवनीमा आधारित फिल्मको लागि अस्ट्रेलिया पुगेका थिए ।