‘बागी ३’ निर्देशक अहमदले कंगनासँग मागे माफी
एजेन्सी – ‘बागी ३’ का निर्देशक अहमद खानले कंगना रनावतको फिल्म ‘मणिकर्णिका’ बनाएर पैसा बर्बाद गरेको भन्ने अभिव्यक्ति दिएका थिए । यस विषयमा कंगनाको बहिनी रंगोली चंदेलले मुख खोलेकी छिन् । उनले ‘मणिकर्णीका’को लगानी र कमाइ समेत सार्वजनिक गरेकी छन् । साथै अहमदले कंगनासँग माफी मागेको समेत बताएकी छन् ।
अहमदले कंगनाको फिल्म ‘मणिकर्णिका’को असफलता पछि ‘धाकड’को काम रोकिएको बताएका थिए । रंगोलीले आफ्नो ट्वीटमा अहमदले आफ्नी दिदी कंगनासँग फोनमा कुरा गर्दै माफी मागेको बताएकी हुन् ।
रंगोलीले खानको शो भनाइमा फिल्मले पहिलो सातामा ४५ करोड भारू कमाएको र खान निर्देशित फिल्मले ४९ करोडको व्यापार गरेका आँकडा प्रस्तुत गर्दै कुल १५५ करोड भारू कमाइ गरेको ‘मणिकर्णिका’ कसरी फ्लप भयो भनेर अहमदलाई प्रश्न गरेकी छन् । उनले ट्वीटमा ७५ करोड भारूमा बनेको फिल्मले भारतमा मात्रै १०२ करोड भारु कमाइ गरेको बताएकी छन् ।
आफ्नो अन्तरवार्ता विवाद भएपछि अहमदले नवभारत टाइम्सलाई दिएको अर्को अन्तरवार्तामा कंगनाको प्रशंसा गरेका छन् । उक्त अन्तरवार्तामा उनले कंगना ‘महिला बागी’ र ‘बलिउडको हिरो’ भएको बताउँदै आफू कंगनासँग काम गर्न इच्छुक रहेको बताएका छन् ।