कोरोना संक्रमित टम ह्यांक्स र उनकी पत्नी अस्पतालबाट डिस्चार्ज
एजेन्सी – टम ह्यांक्स र उनकी पत्नी रिटा विल्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु कोरोना भाइरसको संक्रमण देखिएपछि ५ दिनअघि अस्पताल भर्ना भएका थिए ।
टमले आफ्नो अफिसियल इन्स्टाग्रामबाट उपचारमा सहयोग गर्नेलाई धन्यवाद दिदै लेखेका छन्, ‘हामी आफ्नो र एक अर्काको ख्याल राखौं ।’ उनीहरु सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरु अहिले अस्ट्रेलियामा भाडामा लिएको घरमै ‘होम क्वारेन्टाइन’ मा रहनेछन् ।
गत हप्ता ह्यांक्सले ट्विटर मार्फत आफू र पत्नी रिटालाई कोरोना भाइरस पोजिटिभ देखिएको बताएका थिए । ह्यांक्स एल्भिस प्रिस्लेको जीवनीमा आधारित फिल्मको छायांकनको अस्ट्रेलिया पुगेका थिए । यो फिल्म टम पार्करको बायोपिकमा बन्ने लागेको हो । यो फिल्मलाई निर्देशक ब्यान लहरम्यानले निर्देशन गर्दैछन् ।