गायिका कनिकालाई कोरोना संक्रमण, परिवार सहित आइसोलेशनमा
एजेन्सी – भारतिय गायिका कनिका कपूरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । ‘बेबी डल’ गीत गाएर चर्चामा आएकी कनिकाको शुक्रबार कोरोना भाइरसको टेस्ट भएको थियो । जुन पोजिटिभ देखिएको छ । कनिका हाल लखनऊको किंग जोर्ज मेडिकल यूनिभर्सिटी अस्पलानको आइसोलेशनमा छिन् ।
कनिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट कोरोना लागेको जानकारी दिदै लेखेकी छन्, ‘सबैलाई मेरो नमस्कार, पछिल्लो ४ दिनदेखि मलाई फ्लूको लक्षण थियो । मैले आफै जाँच गराउदा कोभिड १९ पोजिटिभ आयो । अहिले म र मेरो परिवार आइसोलेशनमा छौं । अब, कसरी अगाडी बढ्ने बारे चिकित्सकको सल्लाह पालना गर्दैछौं ।’
उनी केहि समय अगाडी लण्डन पुगेकी थिइन् । लण्डनबाट फर्किदा एर्पोटमा जाँच नगरी घर फर्किएकी थिइन् । उनले लण्डनबाट फर्किएपछि साथीभाईलाई डिनर पार्टी समेत दिएकी थिइन् ।