बर्षा सिवाकोटी यसरी गर्दैछिन् ‘लकडाउन’को सदुपयोग
कोरोना भाइरसलाई फैलन नदिंन सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ । एक सातासम्म घर बाहिर निस्कंन नपाइने सरकारको आदेश छ ।
यस्तैमा नायिका बर्षा सिवाकोटीले लकडाउनको सदुपयोग सुरु गरेकी छिन् । मंगलबारदेखि उनले घरको घतमा शारीरिक व्यायम सुरु गरेकी छिन् । लक डाउनको सदुपयोग गरौं । स्वास्थ्यलाई विशेष ध्यान दिऊँ, एक्सरसाइज गरेको भिडियो सेयर गर्दै बर्षाले फेसबुकमा लेखेकी छिन् ।
बर्षा अभिनित फिल्म ‘लक्का जवान’को यही चैत २१ गते प्रदर्शनमा आउनु पर्ने थियो । तर कोरोना भाइरसका कारण यसको प्रदर्शन मिति सरेको छ भने ‘परदेशी २’ को छायाँकन पनि रोकिएको छ ।