‘लकडाउन’मा पूर्व पत्नी सुजैनसँगै ऋतिक
एजेन्सी – बलिउड अभिनेता ऋतिक रोशन र उनकी पूर्व पत्नी सुजैन खान कोरोना भाइरसको त्रासले भारतमा भईरहेको २१ दिने लकडाउनमा सँगै बसेका छन् । सुजैन आफ्नो बच्चाको लागि अस्थायी रुपमा ऋतिकको घरमा फर्किएकी हुन् ।
सुजैन घर फर्किएपछि ऋतिकले आफ्नो इन्स्टाग्राममा पूर्व पत्नीलाई कृतज्ञता व्यक्त गरेका छन् । ऋतिकले सुजैन घर फर्किएको बारे लखेका छन्, ‘यस्तो समयमा आफ्नो बच्चासँग अलग हुने बारे सोच्नु मेरो लागि एक आमा–बुबाको रुपमा अकल्पनिय हो । जब देश लकडाउनको स्थितिबाट गुज्रिरहेको छ । अनिश्चितता, महिनाका लागि सामाजिक दुरी र लकडाउनको रुपमा संसार एक भइरहेको देख्नु साच्चै नै मन छुने खाल्को समय हो । जबकी दुनियामा मानवता देखाउदै एकजुट भईरहेका छन् । मलाई लाग्छ यो आफ्नो बच्चाको कस्टडी लिएर बसेका आमाबुबाको लागि पनि विशेष हो ।’
ऋतिकले पूर्व पत्नी सुजैनलाई धन्यवाद दिदै लेखेका छन्, ‘आफ्नो बच्चाप्रति दोस्रो अभिभावकको अधिकारको उल्लंघन नगरी उसको नजिक रहने समान अधिकार छ । यो प्यारी सुजैन (मेरी पूर्व पत्नी)को एउटा तस्बिर हो जसले आफ्नो घरबाट अस्थायी रुपमा बाहिर आउने निर्णय लिएकी छिन् । ताकी हाम्रा दुई बच्चा हामीमध्ये कसैसँग पनि टाढा भएको महसुस नगरुन् । सह–पालनलाई यति समर्थन गर्नको लागि सुजैनलाई धन्यवाद । हाम्रो बच्चा त्यो कहानी भन्ने छन्, जुन हामी बनाउछौं ।’