कोरोनाविरुद्ध लड्न प्रभासको ४ करोड सहयोग
एजेन्सी – साउथ सपुरस्टार प्रभासले कोरोना भाइरस रोकथामको लागि ४ करोड सहयोग गरेका छन् । उनले बिहिबार ३ करोड प्रधानमन्त्री राष्ट्रिय राहत कोष र ५०–५० लाख आन्ध्र प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा दिएका हुन् ।
प्रभाससँगै भारतीय चर्चित कमेडियन कपिल शर्माले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन् । कपिलले ट्वीटरमार्फत आफूले प्रधानमन्त्री कोषमा ५० लाख रुपैयाँ दिएको उल्लेख गरेका छन् । उनले ट्वीटरमा लेखेका छन् ‘यो समयमा ती मानिसहरुसँग खडा हुनुपर्छ जसलाई हाम्रो जरुरत छ । कोरोनाको विरुद्ध लड्न प्रधानमन्त्री कोषमा ५० लाख सहयोग गरेको छु । सबैजना घरमै सुरक्षित साथ बसिदिनु होला ।’
त्यस्तै, अभिनेता महेश बाबूले आन्ध्र प्रदेश र तेलंगाना मुख्यमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेका छन् । महेश बाबुसँगै ऋतिक रोशन, करण जोहर, आयुष्मान खुराना, नीतेश तिवारी, तापासी पन्नू, सोनम कपूर लगायतका फिल्मकर्मीले पनि कोरोना कोषमा रकम संकन गर्ने बताएका छन् ।