कोराना भाइरस विरुद्ध लड्न अक्षयको २५ करोड सहयोग
एजेन्सी – बलिउड अभिनेता अक्षय कुमारले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारलाई २५ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् । उनले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरिएको पीएम केयर्स फण्डमा २५ करोड रुपैयाँ दिने घोषणा गरेका हुन्।
उनले आफूले २५ करोड सहयोग गर्ने कुरा ट्वीटरमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो बेला हाम्रो मानिसको जीवन महत्त्वपूर्ण छ । हामीले हरसम्भव योगदान गर्नुपर्छ । मलाई मेरो वचनबाट २५ करोड रुपैयाँ कोषमा दान गरेकोमा खुसी लागेको छ । आउनुहोस्, जीवन बचाऔँ, ‘ज्यान छ त जहान (विश्व) छ ।’सहयोगको घोषणापछि अक्षयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धन्यवाद दिएका छन् । मोदीले ट्वीटरमा लेखेका छन्, ‘धेरै राम्रो। हरेकले स्वस्थ भारतका लागि सहयोग गर्दै गरौं।’