विश्व साइकल यात्री पुष्कर शाह भाँडा माझ्दै (भिडियो)
पुष्कर शाह विश्व साइकल यात्री हुन् । उनले विश्वका एक सय पचास भन्दा बढी मुलुकको यात्रा साइकलबाटै गरेका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसमा समेत उनको नाम लेखिएको छ । तर उनी यतिबेला लकडाउनमा खाना नपाएकाहरुलाई खाना बनाएर खुवाउने कार्यमा व्यस्त छन् । ८ जनाको समुह मिलेर केही साता अगाडी देखि यो सामाजिक कार्य सुरु गरिएको हो । भिडियो हेर्नुस् :