मिल्ने साथी रामजी र मञ्जुसँग रमाइलो (फोटो/भिडियो)
चर्चित लोक गायिका विष्णु माझीले आफ्नै संगीतमा गीत गाउँदा आफुले स्टुडियो छोड्नु परेको लोक गायक रामजी खाँडले गुनासो पोखेका छन् । आफ्नै संगीत रहेको ‘ढल्के बर’ गीत विष्णु माझीले गाउने क्रममा आफुले स्टुडियो छोड्नु परेको बाध्यता रामजीले रमाइलो छ सँग बताएका हुन् । भिडियो :
रामजी खाँड र गायिका मञ्जु पौडेलले गाएको ‘चुरोट लाइटर’ गीत हिट छ । मञ्जु र रामजी मिल्ने साथी पनि हुन् । रमाइलो छ मा उनीहरुले रमाइलो कुराकानी सँगै लोक गीत क्षेत्रमा भैरहेको विकृति र विसंगति बारे खलेर कुराकानी गरेका छन् ।