अंकिताको बयान– ‘सुशान्त रियासँगको प्रेममा खुशी थिएनन्’
एजेन्सी– बलिउड नायक सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नयाँ मोड आएको छ । सुशान्तका बुबा केके सिंहले नायिका रिया चक्रवर्ती विरुद्ध बिहारमा एफआईआर दर्ता गराएका छन् । जसमा उनले रियाले सुशान्तलाई कन्ट्रोल गरेको देखिलिएर सम्पति लुटेको समेत आरोप लगाएका छन् । सुशान्तका बुबाले प्रहरीमा एफआइआर दर्ता गरेपछि रियाको खोजी भईरहेको छ ।
यसैबीच, सुशान्तकी पूर्व प्रेमिका अंकिता लोखन्डेले बिहार प्रहरीसँग रिया चक्रवर्तीसँग जोडिएको कुरा बताएकी छन् । उनले सुशान्त नायिका रिया चक्रवर्तीसँग खुशी नभएको बताएकी छिन् । भारतीय मिडिया अनुसार, अंकिताले प्रहरीसँग दिएको बयानमा भनेकी छिन्– ‘सुशान्त रियासँगको प्रेममा खुशी थिएनन् । उनी रियासँगको प्रेमबाट बाहिर निस्कन चाहन्थे ।’
अंकिताको अनुसार सुशान्तले उनको डेब्यू फिल्म ‘मर्णिकर्णिका’को समयमा बधाई दिन सुशान्तले मेसेज गरेपछि यो विषयमा कुरा भएको थियो । कुराकानीका क्रममा सुशान्त भावुक भएको र आफूलाई रियासँगको सम्बन्धको विषयमा बताएको अंकिताले प्रहरीसँगको बयानमा भनेकी छिन् ।
रियाविरुद्ध एफआइआर दर्ता भएपछि अंकिताले सामाजिक संजालमा ‘सत्यको जित हुन्छ’ भनेर लेखेकी थिइन् ।