निर्देशक आनन्द र अक्षय मिलेर ‘रक्षा बन्धन’ बनाउने
एजेन्सी –बलिउड अभिनेता अक्षय कुमारले रक्षा बन्धनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका छन् । उक्त फिल्मको नाम पनि ‘रक्षा बन्धन’ राखिएको छ ।
अक्षयले यो फिल्मको पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘जीवनमा सायदै कहिले यस्तो कहानी आएको छ होला जसले दिलको गहिराईलाई छुन्छ । यो फिल्म मैले आफ्नो करियरमै सबै भन्दा छोटो समयमा साइन गरेको छु । फिल्म रक्षा बन्धनको आफ्नो बहिनी अलका र भाईबहिनीको सम्बन्धमा समर्पित गर्दछु ।’
आनन्द एल रायले निर्देशन गर्ने फिल्मको कथा हिमान्शु शर्माले लेखेका हुन् । यो फिल्म आउँदो वर्षको नोभेम्बर ५ तारिखमा रिलिज गर्ने तयारीमा निर्माणपक्ष रहेका छन् । यो फिल्म अक्षयकी बहिनी अलका, अक्षय र निर्देशक आनन्द एल रायले मिलेर निर्माण गर्न लागेका हुन् ।
हाल अक्षय र निर्देशक राय फिल्म ‘अतरंगी रे’मा काम गर्दैछन् । जसमा सारा अली खान र धनुषको अभिनय रहने छ ।