‘नेपोटिज्मले मात्रै मेरो फिल्मी करियर सम्भव थिएन’: करिना
एजेन्सी– बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यापछि बलिउडमा ‘नेपोटिज्म’को बहस सुरु भएको छ । त्यस्तै नायिका करिना कपूर खान पनि निसानामा छिन् । यसैबीच करीनाले आफ्नो अनुभव र फिल्मी करियरबारे कुराकानी गरेकी छिन् ।
उनले आफ्नो २१ वर्ष लामो फिल्म करियर नेपोटिज्मका कारण मात्र सम्भव नभएको बताएकी छिन् । उनले भारतिय मिडियासँग कुराकानी गर्दै भनेकी छिन्, ‘मेरो २१ वर्षसम्मको फिल्मी करियर नेपोटिज्मको कारण मात्रै टिक्न सम्भव थिएन । बलिउडमा सुपरस्टारका छोराछोरीहरु नेपोटिज्मका कारण हिट भएका छैनन् ।’
करिनाले कपूर खानदानबाट आउँदा आफुले प्राथमिकता पाएको बताइन् । उनले भनिन्, ‘मेरो संघर्ष १० रुपैयाँ लिएर मुम्बई आएका कलाकारको जस्तो रोचक छैन । मैले त्यस्तो संघर्ष गरिन्, त्यसको लागि म दुखी हुन सक्दिन । तर मैले आफुलाई सावित गर्नको लागि निकै मिहेनत गर्नु परेको थियो ।’
करिनाको यस बयानपछि कंगनाको टिमले टुविट गर्दै प्रश्न सोधेका छन् । ‘करिना जी, तपाईहरु सबैलाई दर्शकहरुले धनी र प्रसिद्ध बनाए । तर उनीहरुलाई थाहा थिएन की सफलतापछि बलिउडलाई बुलीवुडमा बदल्दिनुहुन्छ भनेर । कृपया यस प्रश्नको जवाफ दिनुस् ।’ उनले लेखेकी छन् ।