नेपोटिज्मको चर्काे मारमा आलिया र जाह्रन्वी
सुशान्त सिंह राजपुतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले बलिउड नायिका आलिया भट्ट र जाह्रन्वी कपूरको फिल्म मारमा परेको छ । आलियाको फिल्म ‘सडक २’को ट्रेलर रिलिज भएको केही समयमै डिसलाइकको रेकर्ड राखेको छ ।
यो समाचार तयार पार्दा फिल्मले ७२ हजार लाइक पाएको छ । भने ८ लाख ४५ हजार डिसलाइक पाएको छ । यो संख्या बढ्दोक्रममा छ । केहि समय दिन अगाडी नायिका जाह्रन्वी कपूरको ‘गुञ्जन सक्सेना: द कारगिल गर्ल’को ट्रेलर सार्वजनिक भएको थियो । यो फिल्म भारतको पहिलो महिला पाइलटको बायोपिक हुदाँ पनि २ लाख ७१ हजार लाइक आउँदा १ लाख ५८ हजार डिसलाइक आएको छ । जाह्रन्वी निर्माता बोनी कपूर र श्री देवीको छोरी हुन् ।
महेश भट्ट ‘सडक २’बाट २० वर्षपछि निर्देशनमा फर्किएका थिए । तर सुशान्तको आत्महत्या प्रकरणमा फसेपछि उनको निर्देशनमा बनेको फिल्म बहिष्कार गर्न दर्शक सक्रिय भएर लागि परेका छन् । उनको फिल्मलाई डिसलाइक र नकारात्मक कमेन्टको ओहिरो लागिरहेको छ । दर्शकले यो फिल्म सितैमा समेत नहेर्ने बताएका छन् ।
सुशान्तको प्रेमिका रिया चक्रवतीसँग महेश भट्टको अफियर रहेको चर्चा छ । सुशान्तको आत्महत्यामा कहि न कहि महेशको पनि हात रहेको अनुमान रहेको छ । यदपी, पुष्टी हुन सकेको छैन । त्यस्तै, आलियाले करण जोहरको शोमा अवसर पाए सुशान्तलाई मर्ने बताएकी थिइन् । आलिया महेश भट्टकी छोरी हुन् ।
महेश भट्टले निर्देशन गरेको फिल्ममा सञ्जय दत्त, पूजा भट्ट, आलिया भट्ट र आदित्य रोय कपूर लगायत कलाकारको अभिनय रहेको छ ।