दोस्रो पटक आमा बन्दै करीना
एजेन्सी– बलिउड अभिनेत्री करीना कपूर खान दोस्रो पटक आमा बन्दैछिन् । लामो समय देखि करीना गर्भवती भएको चर्चा चलिरहेको थियो । हालै सैफ अली खानले आधिकारिक रुपमा यस कुराको घोषणा गरेका छन् ।
करीना र सैफको एक छोरा तैमूर छन् । करीना सैफको दोस्रो पत्नी हुन् । सैफको पहिलो पत्नी अमृता सिंह थिइन् । उनीहरुको दुई बच्चा सारा अली खान र इब्राहिम अली खान छन् । सैफले आज पहिलो छोरी साराको जन्मदिनको अवसर पार्दै करीना गर्भवती भएको घोषणा गरेका हुन् ।
करीना फिल्म ‘लाल सिंह चड्ढा’मा आमिर खानसँग देखिदैछिन् । त्यस्तै, उनको ‘तख्त’मा पनि अभिनय रहेको छ । करण जोहरले निर्माण गरेको फिल्ममा करीनासँगै रणवीर सिंह, आलिया भट्ट, विक्की कौशल, जाह्रन्वी कपूर, अनिल कपूर र भूमि पेडनेकरको पनि अभिनय रहेको छ ।