सीबीआईलाई सुशान्तको केस छानबिन गर्ने आदेश
एजेन्सी– बलिउड नायक सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा भारतकोे सर्वोच्च अदालतले जाँच गर्ने जिम्मा सीबीआईलाई दिने फैसला गरेको छ । लामो समय देखि सुशान्तको परिवार र उनका फ्यानले सीबीआई जाँचको माग गरिरहेका थिए ।
अदालतको अनुसार यस मुद्धामा मुम्बई पुलिसले सोधपुछ मात्रै गरेका बताएको छ । घटनाको जाँचलाई लिएर मुम्बई प्रहरी र बिहार प्रहरीबीच खिचातानी चल्दै आएको थियो ।
जुलाई २४ मा सुशान्तका बाबुले रियाका कारण छोराको ज्यान गएको भन्दै बिहारमा उजुरी दिएका थिए । त्यसपछि बिहार सरकारले केन्द्र सरकारसमक्ष घटनाको जाँच सीबीआईले गर्नुपर्ने सिफारिस गरेको थियो ।