‘हो, सुशान्त ड्रग्स लिन्थे’: रिया
सुशान्त सिंह राजपूतले ड्रग्स लिने गरेको खुलासा भएको छ । सुशान्तकी गर्लफ्रन्ड रिया चक्रवर्तीले ड्रग्स लिनेबारे बयान दिएकी छन् । रियाले आफुले कहिले पनि ड्रग्स नलिए र जाँचको लागि तयार भएको बताएकी छन् ।
हालै रिया र जया साहाबीचको एक व्हाट्सऐप च्याट भाइरल भएको थियो । उक्त च्याटमा कफिमा सीबीडी (एक प्रकारको ड्रग्स)को ३-४ थोपा हालेर दिनु भनिएको थियो ।
रिया सुशान्तलाई चिया र कफिमा सीबीडी हालेर दिन चाहन्थिइन् ? भन्ने प्रश्नमा एक भारतिय मिडियासँग कुराकानीमा रियाले भनिन्, ‘म सुशान्तलाई ड्रग्स दिन चाहन्न थिए । सुशान्तले आफै जयासँग एक थेरेपी मागेका थिए । सुशान्त र जयाले मेरो फोनबाट कुराकानी गरेका थिए । मैले केहि पनि दिएको छैन ।’
उनले थप्दै भनिन्, ‘यो निकै दुखद कुरा हो, मान्छे मरिसकेपछि उसको कुरा बाहिर ल्याउनु परेको छ । तर मसँग अरु कुनै विकल्प छैन । हो, सुशान्त मैरिजुआना पिउथेँ । उनी मलाई भेट्नु भन्दा अगाडी देखि पिउथेँ । उनले केदारनाथको शुटिङ या त्यो भन्दा पहिलै ड्रग्स लिन सुरु गरेका थिए । म उनलाई कन्ट्रोल गर्ने कोशिश गर्थे । तर उनी यस्तो व्यक्ति थिए, उनलाई जे मन पथ्र्यो त्यहि गर्थे । मैले उनलाई ड्रग्स लिन कहिले पनि प्रेरित गरिन । मैले उनलाई रोक्ने प्रयास गरे ।’ हाल सुशान्तको केस सीबीआईले जाँच गरिरहेको छ ।