सुरक्षा पाएपछि कंगना भन्छिन्, ‘देशभक्त आवाज दवाउन सकिदैन’
एजेन्सी– बलिउड अभिनेत्री कंगना रनावत र शिवसेना नेता सञ्जय राउतबीचको विवाद चर्किदैछ । यसबीच कंगनालाई ‘वाइ क्याटगोरी’को सुरक्षा दिइने भएको छ । भारतीय गृह मन्त्रालय अनुसार कंगनाका साथमा दुई जना पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) सहित ११ जना प्रहरीको सुरक्षा दिइने छ ।
अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले फिल्म क्षेत्रमा लागु औषध व्यापक रुपमा प्रयोग हुने बताएकी थिइन् । त्यस्तै उनले मुम्बईलाई पाकिस्तानको नियन्त्रणमा रहेको कश्मीरसँग तुलना गर्दै अभिव्यक्ति दिएकी थिइन् । साथै उनले मुम्बई पुलिससँग डर लागेको बताएकी थिइन् । यस अभिव्यक्तिपछि शिव सेनाका नेता राउतले कंगनालाई मुम्बइृ नफर्कन भनेका थिए । त्यसैले उनले केन्द्रिय गृह मन्त्रालयबाटै सुरक्षाको माग गरेकी थिइन् ।
कंगना हाल आफ्नो गृह राज्य हिमाञ्चल प्रदेशमा छिन् । उनी ९ सेप्टेम्बर मुम्बई फर्किदै छिन् । उनले सुरक्षा दिने खबर सुनेपछि केन्द्रिय गृह मन्त्री अमित शाहलाई धन्यवाद दिदै भनेकी छिन्, ‘देशभक्त आवाजलाई कसैले दवाउन सक्दैन ।’