गायक एसपी बालासुब्रमण्यमको कोरोना संक्रमणबाट निधन
एजेन्सी– दक्षिण भारतीय तथा हिन्दी फिल्मका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । उनको ७४ वर्ष उमेरमा शुक्रबार निधन भएको हो ।
एसपीलाई कोरोना संक्रमण भएपछि गत ५ अगस्टमा अस्पताल भर्ना भएका थिए । उनको चेन्नइको एक अस्पतालमा उपचारको क्रममा मुत्य भएको हो । भारतिय मिडिया अनुसार उनको १ बजेर ४ मिनेटमा निधन भएको छ ।
दक्षिण भारतीय फिल्ममा पहिचान बनाएपछि १९८१ मा हिन्दी फिल्मका गीत गाउन सुरु गरेका थिए । उनले कमल हसन अभिनित ‘एक दुजेके लिए’ फिल्मको ‘तेरे मेरे बीचमे’ बोलको गीतबाट उनले बलिउड गायन करियर सुरु गरेका थिए । यो फिल्मको गीतबाट उनले नेशनल अवार्ड समेत जितेका थिए ।
एसपीले १६ भाषामा ४० हजार भन्दाबढि गीत रेकर्ड गरेका छन् । उनले कमल हसन, रजनीकान्तदेखि शाहरुख र सलमान खान जस्ता बलिउड स्टारहरुका लागि फिल्ममा गीत गाएका छन् ।