किड्नी फेल भएर नायिका मिष्टीको निधन
एजेन्सी– बलिउड नायिका तथा मोडल मिष्टी मुखर्जीको निधन भएको छ । उनको शुक्रबार राती निधन भएको हो ।
भारतीय मिडिया अनुसार, किटो डायटको कारण उनको दुवै किड्नी फेल भएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । उनको परिवारमा भाई र आमा छन् । शनिबार बिहान उनको अन्तिम संस्कार गरिएको छ ।