सुशान्तको हत्या नभएको पुष्टी
एजेन्सी– एम्सको फरेन्सिक मेडिसिन विभागले बलिउड नायक सुशान्त सिंह राजपुतको हत्या नभई आत्महत्या भएको पुष्टी गरेको छ । छानविन समितिले उनको मृत्युको कारण आत्महत्या ठहर्याएको हो ।
समितिका अध्यक्ष डाक्टर सुधीर गुप्ताले झुन्डिएर आत्महत्या भएको खुलासा गरेका छन् । भिसेरा परीक्षणमा उनको शरीरमा विषादीजन्य पदार्थ नदेखिएको एम्सले जनाएको छ । सुशान्त जुन १४ मा मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
नायिका कंगना रनावतले रिपोर्ट सार्वजनिक गरेपछि प्रश्न उठाएकी छन् । उनले ट्वीटमा लेखेकी छन्, ‘युवा र प्रतिभाशाी मान्छे एक दिन उठ्दैन र आफुलाई मार्छ । सुशान्त भन्थ्यो उसलाई धम्की आउथ्यो र आउटकास्ट गर्ने गरिएको थियो । उसलाई आफ्नो भविष्यको डर लाग्न थालेको थियो । उसलाई मुवी माफियासँग डर थियो । उनलाई रेपको झुटो आरोप लगाएपछि मेन्टली डिस्टब भएका थिए ।’