तमन्ना भाटियालाई कोरोना संक्रमण
एजेन्सी– दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ । उनी हैदराबादको एक निजी अस्पतालमा भर्ना भएकी छिन् ।
पछिल्ला दिनहरुमा लक्षण देखिएपछि परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी केही दिनदेखि वेब सिरिजका लागि हैदरावादमा थिइन् ।
यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि संक्रमण भएको थियो । तर उनको रिपोर्ट नेगेटिभ आएको थियो ।