अर्नव गोस्वामी सहित भारतीय मिडियाविरुद्ध अदालत पुगे बलिउडकर्मी
एजेन्सी– गैरजिम्मेवारीपूर्ण रिपोटिङ्ग गरेको भन्दै बलिउडका शीर्ष फिल्म निर्माताहरुले अर्नव गोस्वामी सहित केही भारतीय पत्रकार विरुद्ध मुद्धा दायर गरेका छन्।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा गैरजिम्मेवारपूर्ण रिपोटिङ्ग गरेको भन्दै फिल्म निर्माताहले सोमबार दिल्ली उच्च अदालतमा मुद्धा दायर गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रिपब्लिक टिभी र उक्त च्यानलका प्रमुख अर्नब गोस्वामी, प्रदीप भण्डारी, टाइम्स नाउ र उक्त च्यानलका प्रमुख एंकरहरू राहुल शिवशंकर, नविका कुमार विरुद्ध मुद्धा दायर गरिएको छ ।
करण जौहर, आमिर खान, शाहरुख खान, सलमान खान, अजय देवगनको प्रोडक्शन हाउस सहित ३४ प्रोडक्शन हाउस र ४ फ़िल्म संस्थाले मुद्धा दायर गरेको एनडिटिभीले जनाएको छ । उनीहरुले गैरजिम्मेवार, अपमानजनक र निन्दनीय मिडिया ट्रायल गरिरहेको भन्दै रोक्न माग गरेका छन् ।