‘माया गर्ने परिवार पाएको छु’ : श्वेता खड्का (भिडियो)
नायिका, निर्मात्री, व्यावसायी एवं समाजसेवी श्वेता खड्काले फिल्मकर्मी र सञ्चारकर्मीलाई बिहेको रिसेप्सन पार्टी दिएकी छिन् । बिहिबार, ठमेलस्थित होटल अलफ्टमा आयोजित रिसेप्सनमा दर्जन बढी फिल्मकर्मी, सञ्चारकर्मी र केही राजनीतिज्ञ एवं समाजसेवी उपस्थित थिए । भिडियो हेर्नुस् :
श्रीमान विजयन्द्रसिंह रावत, सासु ससुरासँग केक काट्दै श्वेताले बिहेमा देश विदेशबाट आर्शिवाद दिनेलाई धन्यवाद दिइन् । ‘तपाईंहरुको आशिवार्दले जीन्दगीमा अगाडी बढ्न हौसला मिलेको छ’, उनले भनिन्, ‘मलाई माया गर्ने परिवार पाएको छु । यो रिसेप्सन श्वेता भनेर चिनाउँनेहरुको लागि हो’ । भिडियो :