नेपाल भाषाको गीतमा कविता, उषा र स्मारिकको बेजोड नृत्य
फिल्म निर्माणसँगै ट्रि इन्टरटेन्मेन्ट म्युजिक भिडियो निर्माणमा पनि अगाडी बढी रहेको छ । ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको यो ब्यानरले नेपाल भाषाको गीत सार्वजनिक गरेको छ । बिहिबार ‘धाय मफुता’ बोलको नेपाल भाषाको गीत सार्वजनिक गरिएको हो । भिडियो :
यो गीतमा दीपक नेपालीको शब्द छ । दीपकले आफूले आधा घन्टामा यो गीत तयार पारेको बताए । गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज, अस्मिता परियार र प्रिज्ज्वल नेपालीको स्वर छ । गीतको भिडियोमा मोेडलहरु कविता नेपाली, उषा उप्रेती, र स्मारिका ढकालले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । उनीहरुलाई डेलविस, राज, प्रितम क्षेत्रीले साथ दिएका छन् ।
भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । निर्देशक चन्दले नेपाल भाषाको गीतमा कलाकार र टिमको सहयोेगमा उत्कृष्ट काम भएको बताए ।
अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ । कार्यक्रममा बोल्दै कलाकार उषा उप्रेतीले नेपाल भाषाको गीतको भिडियोमा काम गर्न पाउँदा खुशी लागेको बताइन् ।