आशामी हिट गीतको नेपाली भर्सनमा रुविना फिचर्ड (भिडियो)
आशामी भाषाको हिट गीत ‘होइने के’ को नेपाली भर्सन रिलिज भएको छ । हल्का त लजाउन को नेपाली भर्सनमा आशामकै अर्चुजे बोर्पत्रको स्वर छ । गीतका शब्दलाई सन्तोष सुनारले नेपालीकरण गरेका छन् । भिडियो :
‘हल्का त लजाउन’ गीतको भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । रमाइलो गीतको भिडियोमा नायिका रुविना थापा र गायक अर्चुजे नै फिचर्ड छन् । भिडियोका निर्माता मनोज बस्नेत हुन् । हरि हुँमागाईंले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।