हनी जोडीले ‘ह्रस्व दीर्घ’ नामक फिल्म बनाउँदै
नायिका नीता ढुंगाना र युवा ज्योतिष हरिहर मिलेर फिल्म ‘ह्रस्व दीर्घ’ नामक फिल्म बनाउने भएका छन् । फिल्मलाई नीताले नै निर्देशन गर्नेछिन् । बुझिए अनुसार फिल्ममा हरिहर र नीताको मुख्य भूमिका रहनेछ ।
फिल्म ‘ह्रस्व दीर्घ’ को छायाँकन फागुन महिनाको अन्त्यबाट सुरु हुनेछ । फिल्मका छायाँकार संजय लामा हुन् । दुई वर्षदेखि प्रेम सम्बन्ध रहेका हनी जोडीले यस अगाडी पनि केही प्रोजेक्टमा सहकार्य गरेका छन् । जय जय निलकण्ठ भजन र द हरिहर अधिकारी शोलाई नीताले निर्देशन गरिसकेकी छिन् ।
नीताले फिल्म निर्देशनमा पहिलो पटक गर्न लागेकी हुन् । हरिहरले यस अगाडी ‘शुभ लभ’ फिल्ममा अभिनय गरेका थिए । फिल्मको छायाँकन यही महिनाको अन्त्यतिर सुरु हुनेछ ।