पल पूजाले थारु भाषामा गरे’म यस्तो गीत गाउँछु २’को प्रचार
फागुन १३ गतेबाट रिलिज हुने फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रचारका लागि दुई नयाँ गीतहरु सार्वजनिक गरेको छ । बुधबार प्रेसमिट गर्दै थारु र नेवारी भाषाका दुई गीत सार्वजनिक गरिएको हो । भिडियो :
नरेश जोगी र मधु चौधरीको स्वरमा तयार थारु भाषाको गीतमा नरेशकै शब्द तथा संगीत छ । भिडियोमा फिल्मका मुख्य दुई कलाकार पल शाह र पूजा शर्मालाई स्टारको रुपमा देखाइएको छ । सौैरभ लामाले खिचेको भिडियोको कोरियोग्राफी विक्रम चौहानले गरेका हुन् । निर्देशक सुदर्शन थापाले विभिन्न सात भाषामा गीतको भिडियो तयार पार्ने योजना भएपनि कोरोना र रिलिज मिति नजिकिएका कारण यो सम्भव नभएको बताए । उनले अन्य फिल्ममा विभिन्न भाषामा गीत तयार पार्ने वाचा समेत गरे ।
प्रदर्शन मिती नजिकिएसँगै फिल्म युनिटले यस्को प्रचार प्रसारलाई तिव्रता दिएको छ । फिल्ममा पल र पूजाको मुख्य भूमिका छ ।