राजेश पायल राईले ट्रेन्डिङमा हाने ह्याट्रिक
गायक राजेश पायल राईले ट्रेन्डिङमा कब्जा जमाएका छन् । ट्रेन्डिङको ट्रेन्डमा राजेश पायल राई अफिसियल युटुव च्यानलका तीन वटा गीतहरु ट्रेन्डिङमा पर्न सफल भएका हुन् ।
राजेशका ‘सै हँमा’, ‘चोरी भो’ र ‘घामै कसम’ बोलका भिडियोहरु म्युजिक अन्र्तगत युटुवको ट्रेन्डिङमा छन् । यी भिडियोहरु नेपालसँगै मोरक्को, दुबई, मलेसिया, कुवेत लगायतका देशहरुमा ट्रेन्डिङमा छन् । युटुव ट्रेन्डिङमा ह्याट्रिक हानेपछि राजेश दंग छन् । भन्छन्, ‘दर्शक र श्रोताप्रति आभारी छु । एउटै च्यानलका तीन गीत ट्रेन्डिङमा पर्नु यो ईतिहास पनि हो ।’
https://www.youtube.com/watch?v=iP6BHlf9WLE
राजेश पायल राईको च्यानलबाट पहिलो पटक गायिका र मेलिना मैनालीसँग उनले गाएको ‘चोरी भो’ गीतको भिडियो ट्रेन्डिङमा परेका थियो । त्यस पश्चात् सबै गीतका भिडियोहरु ट्रेन्डिङमा परिरहेका छन् ।
https://www.youtube.com/watch?v=t-ILc4c5qCc
राजेश पायल र पेमा दिक्षेन तामाङले गाएको सै हँमा गीतको भिडियो चौध नम्वर ट्रेन्डिङमा छ । यस्तै रुक्सना लिम्बुसँग राजेशले गाएको चोरी भो २ ट्रेन्डिङको आठौं स्थानमा छ । मिन्चमा राई र राजेशले गाएको घामै कसम १३ नम्वर ट्रेन्डिङमा छ ।
राजेशका तीन वटा गीतहरु ट्रेन्डिङमा परेपछि निर्देशक दिनेश डिसी, अभिनेत्री निरुता सिंह, प्रस्तोता सुशिल नेपाल लगायतले फेसबुमा स्टाटस मार्फत बधाई दिएका छन् । हाम्रो तर्फबाट पनि राजेशलाई हार्दिक बधाई !