चस्मा लगाएर नाचे चक्र र कविता (भिडियो)
चक्र बमको शब्द तथा संगीतमा ‘चस्मा’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारी र गायक समिर आचार्यले स्वर दिएका छन् । भिडियो :
पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्र र मोडल कविता न्यौपानेले कम्मर मर्काएका छन् । गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियो राम्रो बनेको छ । नेपमोलेको निर्माण गरेको यस म्युजिक भिडियोमा सरिता प्रजापतिको शृंगार, सम्झना बुटिकको पहिरण, पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ ।