गीता अधिकारीको शब्दमा ‘छम्म छम्म नाचौँ न’ (भिडियो)
सञ्चारकर्मी गीता अधिकारीको शब्दमा तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । गीतमा शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको छ । संगीत तथा एरेञ्ज योगेश काजीले दिएका छन् । भिडियो :
गीतमा पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ छ । कोरियोग्राफी रोशन बुढाथोकीको कोरियोग्राफ रहेको छ । गीतको भिडियोमा रश्मी भट्ट, सारिका घिमिरे, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल, सपना रिमाल, माया थापा लगायत कलाकारहरु प्रस्तुत छन् । भिडियोमा छायाँकन राहुल राई र छायाँकन विष्णु शर्माले गरेका छन् ।
सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीका यसअघि ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’ जस्ता तीज गीत सार्वजनिक भएका छन् ।