घोडाबाट लडिन् कंगना
भनिन्छ नि घोडा चढ्ने मानिस लड्छ । हो बलिउड अभिनेत्री कंगनावत घोडा चढ्दा लडेकी छिन् । घोडाबाट लड्दा उनी घाईते समेत हुन पुगेकी छन् । घाईते कंगना केही दिन ह्विचियरमा हिंड्नु पर्ने भारतिय मिडियाले उल्लेख गरेका छन् ।
छायांकनरत फिल्म ‘मणिकर्णिका’ को सेटमा नायिका कंगना रनावत घाइते भएकी हुन् । घोडाबाट झ्यालमा जम्प गर्नुपर्ने दृष्यमा अभिनय गर्ने क्रममा उनी लडेर घाइते भएकी थिइन् । उनी दुर्घटनामा परे लगत्तै उपचारको लागि गोयल अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न डक्टरका अनुसार कंगनाले केही दिन आराम गर्नुपर्ने छ । कंगना घाइते भएपछि फिल्मको छायांकन प्रभावित भएको छ । ‘मणिकर्णिका’ मा कंगनाले निकै नै द्धन्द्धका दृश्यहरु दिएकी छन् ।