दिक्पाल, मिलिनियम र बिनाबाट ब्युटी केयरको उद्घाटन
संचारकर्मी तथा टिभी टुडे टेलिभिजनकी प्रमुख कार्यकारी निर्माता बिना श्रेष्ठ, मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, एन प्लस प्रोफेसनल मिस्टर मोडल अफ द वल्ड विजेता मिलिनियम तण्डुकार शाहले सरला ब्युटी केयर तथा मेकअप स्टुडियोको रिबन काटेर उद्घाटन गरेका छन् ।
सीटीईभीटीबाट मान्यता प्राप्त यस ब्युटी केयर तथा मेकअप स्टुडियोलाई सौन्दर्यकर्मी सरला बातीले संचालनमा ल्याएकी हुन् । सरला विगत सात वर्षदेखि सौन्दर्य पेसामा आवद्ध छिन् । भक्तपुरबासीलाई पाईक पर्ने स्थानमा दशैंको छेको पारेर संचालनमा ल्याएको यस सरला ब्युटी केयर तथा मेकअप स्टुडियोमा मेकअप, हेयर, नेल आर्ट, माईक्रो ब्लेण्डीङ्ख लगायतका सौन्दर्य सम्बन्धी सम्पुणर् सुविधा छ । यसका साथै सौन्दर्य सम्बन्धी तालिम समेत दिने संचालक सरला बातीले बताइन् ।