’फुलैफुल दिन्छौ कि’ को फिमेल भर्सन (भिडियो)
टिकटकमा चर्चित भैसकेको गीत ’फुलैफुल दिन्छौ कि’ को फिमेल भर्सनको भिडियो रिलिज भएको छ । शिव परियारले गाएको गीतको फिमेल भर्सनमा अस्मिता अधिकारीले स्वर दिएकी छन् । भिडियो :
आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा आशिष अविरलले संगीत दिएका छन् । बिकास प्रसाईको निर्देशन रहेको गीतमा प्रभात पल ठकुरी, सोनिका भण्डारी र सञ्जय ढुंगानाको अभिनय रहेको छ । जितु तामाङको छायांकन, सगुन तामाङको आर्ट रहेको भिडियोलाई निर्देशक प्रसाईले सम्पादन गरेका हुन् ।