‘मलिका नहुँदा’ कुन्साङ्गलाई के भयो ? (भिडियो)
गायिका डा त्रिशाला गुरुङ्गको स्वरमा ‘मलिका नहुँदा’ बोलको गीत सार्वजनिक भएको छ । द्रिप चाम्लिङ्गको शब्द रचना रहेको गीतमा महेश खड्काले संगीत सृजना गरेका छन् । भिडियो :
राजेश पुमा राईको निर्देशनमा तयार भएको भिडियोमा मलिका महत र कुन्साङ्ग बोम्जोन फिचर्ड छन् । माथिल्लो मुस्ताङ्गमा खिचिएको भिडियो निकै आकर्षक बनेको छ । उत्सव दाहालले खिचेको भिडियोलाई बिकास दाहालले सम्पादन गरेका छन् ।