ह्यारी र प्यारीको मिठो मिठो प्रेम (गीत)
फिल्म ’ह्यारी कि प्यारी’को दोस्रो गीत रिलिज भएको छ । फिल्ममा समावेश ’मिठो मिठो’ बोलको गीत बुधबार सार्वजनिक गरिएको हो । गीत :
सार्वजनिक गीतमा युग भुषालको संगीत तथा निर्देशक डाक्टर कपिल रिजालको शब्द रचना रहेको गीतमा सौरव दास र देवाञ्जली वी जोशीको स्वर सुन्न सकिन्छ । फिल्मको गीतमा मुख्य अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपाल फिचर्ड छन् । बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्म आगामी माघ २० गतेबाट प्रदर्शनको आउँदैछ ।
फिल्ममा साम्राज्ञी र जितुका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । फिल्मको एक गीतमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।
डाक्टर कपिल रिजालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीको पटकथा र संवाद लेखन रहेको छ । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।