देबेशको ‘नौलो खुसी’ बनेर आइन् आईशा (भिडियो)
‘भ्यालेन्टाइन डे’ नजिकिदै गर्दा गायक, संगीतकार तथा एरेञ्जर देबेश राईको ‘नौलो खुसी’ बोलको गीत सार्वजनिक भएको छ । कवि तथा गीतकार प्रकाश आङ्देम्बेको शब्द रहेको गीतमा देबेशको संगीत, स्वर तथा एरेञ्ज रहेको छ । भिडियो :
भिडियोलाई ससिका राईले निर्देशन गरेकी हुन् । उनी गायिका समेत हुन् । भिडियोमा देबेश र आईशा कार्की फिचर्ड छन् । भिडियोमा इशक जबेगुको छायांकन तथा सम्पादन रहेको छ ।