‘मखमली’ मिरुनाको मायाले कुन्साङ्गलाई तानेन (भिडियो)
अस्मिता अधिकारीको स्वरमा ’मखमली’ बोलको गीत सार्वजनिक भएको छ । ड्रिप चाम्लिङ्गको शब्द रहेको गीतमा सन्तोष सुनारको संगीत छ । राजेश पुमा राई निर्देशित भिडियोमा मिरुना मगर र कुन्साङ्ग बोमजोन फिचर्ड छन् । भिडियो :
भिडियोमा मिरुनालाई कुन्साङ्गको एकोहोरो प्रेममा परेकी युवतीको भूमिकामा प्रस्तुत गरिएको छ । उनी आफ्ना भावना व्यक्त गरेर कुन्साङ्गलाई फकाउने प्रयासमा छिन् । राजिव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाकन र बिकास दाहालको सम्पादन रहेको छ ।
रचनाकार चाम्लिङ्ग युनाइटेड एकेडेमीका संचालक हुन् । उनी नेपाली परिवेश र भूगोललाई समावेश गर्ने शब्द रचना गर्ने गर्दछन् । ’मखमली’ ले पनि त्यस्तै भाव बोकेको छ ।