भ्वाईस विजेता करण राईको ‘सिमाना’सार्वजनिक
लेखक तथा गीतकार लिला सेलिङ् माबोको शब्दमा ‘सिमाना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा ‘द भ्वाईस अफ नेपाल सिजन ४’ बिजेता करण राईको स्वर छ । गीत :
गीतमा देबेश राईले संगीत तथा एरेञ्ज गरेका छन् । शान थापा निर्देशित म्युजिक भिडियोमा गायक राई स्वयंम र भ्वाईस अफ नेपालबाट चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । करण र नितुको क्यामेस्ट्री भ्वइसको सेटबाटै जमेको हो ।
गीतकार लिला सेलिङ् सार्वजनिकगीत ‘सिमाना’ बाट निकै आशावादी छिन् । आधा दर्जन गीत रेकर्ड गरेकी लिलाले पुस्तकहरु पनि बजारमा ल्याईसकेकी छिन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशानबारे खोजमुलक लेखहरु लेखेकी छिन् ।
म्युजिक भिडियोका डिओपी अर्जुन तिवारी र सिनेमाटोग्राफर बुद्ध थापा हुन् । सम्पादन सुप्रिम पराजुलीको रहेको छ । भिडियोलाई गीतकार लिला र श्री प्रसाद माबो मिलेर निर्माण गरेका हुन् ।