पशुपती शर्मा र शान्तिश्री परियारको स्वरमा ‘हाई सन्चै’
गायक पशुपती शर्मा र गायिका शान्तिश्री परियारको स्वरमा ‘हाई सन्चै’ बोलको गीत सार्वजनिक भएको छ । एकिन्द्र सारा शंकरले निर्देशन गरेको गीतले देशमा देखिएको आर्थिक मन्दीको असर र त्यसबाट जनजीवनमा परेको प्रभावलाई प्रस्तुत गरिएको छ । भिडियो :
भिडियोमा साराशंकर आफैले अभिनय गरेका छन् भने गीतको शब्द समेत उनैले लेखेका हुन् । गीतमा सुनील परियारको संगीत सृजना गरेका छन् । गीतको भिडियोमा सारा शंकर र कलाकार बेदना राई र बालकलाकार आयुषी ढकालको अभिनय छ । भिडियोमा ऋण तिर्न नसकेपछि आत्महत्या गर्न बाध्य युवाको पीडालाई समेटिएको छ ।
त्यस्तै सहकारी समस्या, बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीले पाएको पीडासँगै बेरोजगारीको मारमा परेको परिवारको कथालाई भिडियोले समेटेको छ । सार्वजनिक म्यूजिक भिडिओलाई चक्रबहादुर बरालले छायाँकन गरेका हुन् भने सुजन कोईरालाले सम्पादन गरेका हुन् ।