सुनिलको सोलो एल्बम ‘अनुभव’मा उदय मनिलाको स्वर
अहिले गीत संगीतको एल्बम निकाल्ने प्रचलन पातलो हुँदै गैरहेको छ । यस्तैमा संगीतकार सुनील मास्केले आफ्नो बाह्रौँ सोलो एल्बम विमोचन गरेका छन् । राजधानीमा एक कार्यक्रम गर्दै उनको सोलो एल्बम ‘अनुभव’ सार्वजनिक गरिएको हो ।
सार्वजनिक एल्बमका गीतहरुमा उदय सोताङ्ग र मनिला सोताङ्ग स्वर रहेको छ । एल्बममा पाँच वटा गीतहरु समावेश छन् । ‘कति कुरा मिठा बातमा’ हुन्छ बोलको पहिलो गीतमा अर्जुन रत्न भिखारीको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ ।
‘हात समाई मिठा बात गरेको’ बोलको गीतमा नुतन भुषालको शब्द र संजीव बराइलीको संगीत संयोजन रहेको छ। ‘तिम्रो माया जीवनको खेल होकी’ बोलको गीतमा योगेन्द्रमणि दाहालको शब्द र प्रदीप श्रेष्ठको संगीत संयोजन रहेको छ। कता गयो त्यो बैंश बोलको गीतमा तुलसी बस्नेतको शब्द र रिदम कंडेलको संगीत संयोजन रहेको छ ।
‘तिमि संगै जिन्दगानी बिताउन पाउँ’ बोलको गीतमा सुनिता बस्नेत थापाको शब्द र सचिन सिंहको संगीत संयोजन रहेको छ। सबै गीतका रेकर्डिस्ट राजेश श्रेष्ठ हुन् भने किशोर थापाले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन् ।
कार्यक्रममा एल्बममा समाबेश दुइ वटा गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो । सार्वजनिक भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका छन् ।