देविका बन्दनाको स्वरमा ‘बुद्ध सादर वन्दना’ सार्वजनिक
गायिका देविका बन्दनाको स्वरमा नेपाली भाषाको गीत ‘बुद्ध सादर बन्दना’ सार्वजनिक गरिएको छ । गीतमा बन्दना स्वयमकै शब्द तथा संगीत समेत छ । उनलाई शब्द सृजना गर्न डा.दिनबन्धु शर्माले साथ दिएका छन् । गीत :
संगीतमा विजेश तथा मनिषले सहकार्य छ । राजन ईशान यो गीतका संगीत संयोजक हुन् । गीतको म्युजिक भिडियोलाई गायिका देविका बन्दनाले नै निर्देशन गरेकी छिन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको म्युजिक भिडियो छायाङ्कन गरिएको छ । यसका छायाँकार रामकुमार केसी हुन् भने प्रबिण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
गत शनिबार प्रेसमिट गर्दै बन्दनाले गीतको भिडियो सार्वजनिक गरेकी हुन् । बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पुर्याउन मद्धत गर्ने उनको विश्वास छ ।