find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

७ नेपाली भाषामा टंक बुढाथोकीको ‘धन्यवाद’

गायक एवं संगीतकार टंक बुढाथोकीले एउटै गीतलाई सात नेपाली भाषामा सार्वजनिक गरेका छन् । उनले ‘धन्यवाद’ बोलको गीतलाई नेपालीसँगै, नेवारी, तामाङ, थारु, राजवंशी, खस र भोजपुरी गरेर सातवटा भाषामा सार्वजनिक गरेका हुन् ।

शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमकाबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । सातवटै भिडियो टंकको अफिसियल युट्युबमा सार्वजनिक छन् । यो गीतमा शब्द र संगीत पनि टंककै छ । उनलाई स्वरमा गायिका अन्नु चौधरीले साथ दिएकी छन् । टंक र अन्नुको यो पहिलो सहकार्य हो । गीतको भिडियोमा राहुल शाह र समिस्रिका परियारको नृत्य एवं अभिनय छ । थारु भाषाको गीतको भिडियोमा भने गायक-गायिका टंक र अन्नु स्वयंमले अभिनय रहेका छन् ।

गायक तथा संगीतकार टंकले आफूले एक वर्षदेखी यो गीतका लागि मेहनत गरेको जानकारी दिए । ‘मैले एक वर्षदेखी यो गीतका लापग काम गरिरहेको थिएँ । विशेषगरी सबै भाषाको ज्ञान नहुँदा धेरै समय लाग्यो’ – टंकले भने, ‘मैले झण्डै ५० पटकसम्म अभ्यास गरेको थिएँ । सबैभन्दा बढी नेवारी भाषामा स्वर भर्दा समय लागेको थियो ।’

टंक र अन्नुले नेपाली र थारु बाहेक अन्य पाँचवटा भाषाका लागी केही ब्यक्तिहरुसँग अनुवाद सहयोग मागेका छन् । टंकले नेपालमा रहेको विभिन्न भाषालाई प्रवद्र्धन गर्नकै लागी आफूले सानो कदम चालेको बताए । उनले कलाकारको हैसियतले आफ्नो तर्फबाट सानो प्रयास गरेको बताउँछन् । उनले भने, ‘हामी नेपालीलाई आफूले बोल्ने भन्दा अन्य भाषाको ज्ञान कमै हुन सक्छ । त्यसैले गीतमार्फत भएपनि भाषाको प्रमोट होस् भन्ने लाग्यो ।’

गीतको ६ वटा भिडियोको निर्देशक तथा मोडल राहुल शाह नै हुन् भने छायांकन र सम्पादनको काम पवन सुस्लिङले गरेका छन् । थारु भाषाको गीतको भिडियोमा भने नवराज उप्रेतीको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha