बिक्रम र मिस पविको ‘गैरी खोला बनैमा’ (भिडियो)
गायक प्रकाश तामाङ तितुङ, र गायिका अन्नु चौधरीको स्वरमा ‘गैरी खोला बनैमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बिक्रम तामाङ मलाकीको शब्द तथा संगीत रहेको छ । भिडियो :
सार्वजनिक गीतमा आग्गा लामाको एरेञ्ज तथा अशोक महर्जनको मिक्सिङ छ । बिक्रमको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा बिक्रम स्वयम मोडल मिस पवि र उमेश राई (फुलन्देकी आमा) फिचर्ड छन् । जातभात भन्दा बढी माया ठुलो भन्ने सन्देश बोकेको गीतमा सेलो भाका र सुदुरपश्चिमको भाकालाई फ्युजन गरिएको छ । सोहि अनुसार नै प्रिमिल जोडीको प्रेम सम्वन्धलाई म्युजिक भिडियोमा देखाइएको छ ।
बिक्रमको निर्देशन, कोरियोग्राफी र अभिनय रहेको म्युजिक भिडियोलाई दिपेन बस्न्यातले सिनेमाटोग्राफी र एडिटको काम सम्हालेका छन् । यस भिडियोको करल बिष्णु खड्काको रहेको छ, भने टार्जन लिम्बुको ड्रोन रहेको छ ।